काठमाडौँ। बाजुराको बडिमालिका नगरपालिका-८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको छ।
आज आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ।