काठमाडौँ। नेपाल बैँक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच १५ प्रतिशत छुट सहित व्यावसायिक साझेदारीको घोषणा भएको छ । बिहीबार काठमाडौँमा भएको सम्झौतामा बैँकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैँकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले बताए ।
बैँकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैँकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए ।
उक्त सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ ।