काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्कालाई मंगलबार पुत्री लाभ भएको छ । अभिनेत्री खड्काले मंगलबार काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरी जन्माएकी हुन्।
श्वेताले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएपछि पति विजयन्द्रसिंह रावत पिता(बाबु) बनेका छन्। छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र उनीहरुले एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।
श्वेता दम्पतीले बिहीबार छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । श्वेताले छोरी नामकरण गरेपछि भनिन्, यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो र यो क्षणमा मैले जादूयी महसुस गरिरहेको छु।