काठमाडौँ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने ५९ वर्षीय चोकट महतोको मृत्यु भएको छ ।
कार्तिक १३ गते बिहान चोर्नीमा माटो खसालेर व्याक गर्ने क्रममा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट टाउकोमा चोट लागेर गम्भिर घाइते भएका उनलाई नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएको थियो । तर उनको उपचारकै क्रममा आज बिहीबार बिहान ०५:५० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।