बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे ।
बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बाेल्दै प्रवक्ता डा. महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकीर गरे ।
पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको दावी गरे । उनले भने, ‘पाँच वर्षअघि समेटिएका पानी जहाज, पाइपलाइन ग्याँस र रेलजस्ता कुराहरू कार्यान्वयनभन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’
एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको उनले बताए ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ । एमालेले जारी गरेको घोषणा पत्रमा पनि रेल सञ्चालन गर्ने र कांग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा.महतले भने, ‘हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन् । हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं ।’
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend