Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगको पत्रकार सम्मेलन: आचारसंहिता उल्लंघन गर्नेलाई कदापी छाड्दैनौं


    बुधबार, कार्तिक १६ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आज बुधबार पत्रकार सम्मेलन गरेको छ। आयोगले उक्त पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ ।

    प्रमुख आयुक्त दिनेश थपलियाले उक्त सम्मेलनमा बोल्दै आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराए ।

    उनले भने, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण नपुगेको हकमा पुन बुझ्न हामी स्थानीय प्रशासनलाई बुझ्न भनेका छौँ । आचारसंहिता उल्लंघन प्रमाणित भए कारबाही गछौँ । त्यो आयोगको बैठक बसेर निर्णय गर्छ ।’

    उनले भने, ‘सामाजिक सञ्जाल नियम र उपयोगको कुरा पनि उठायौँ । यो चुनौतीपूर्ण थियो । त्यसकारण अहिले आयोगले समाजिक सञ्जालमा आफ्ना कुरा राख्न पाउने र दलले विज्ञापन गर्न पाउने व्यवस्था गरेका छौँ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार