Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीपविरुद्ध मुद्दामा थुनछेक बहस जारी 


    बुधबार, कार्तिक १६ २०७९
    615
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। एक जना १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेट टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा आज बुधबार थुनछेक बहस सुरु भएको छ।

    मंगलबार अदालतमा लामिछानेको बयान सकिएपछि आज थुनछेक बहस सुरु भएको हो। आज पीडित पक्षका कानुन व्यवसायीहरुले बहस गर्दैछन्।

    प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग पत्र दर्ता गरेसँगै मंगलबार प्रतिवादी लामिछानेको बयान लिइएको थियो।

    न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा  लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो। 

    लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। नाबालिका बलात्कार आरोपमा लामिछाने गत २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध नाबालिकाले ५ भदौमा प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा यही कात्तिक १४ गते उक्त मुद्दा अदालतमा दायर गरिएको थियो। 
      
    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ। 

    नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई गत २० असोजबाट न्यायिक हिरासतमा राखिएको छ। प्रहरी हिरासतमा रहेका सन्दीपले तर आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्। 

    आज सन्दीप र सरकारी पक्षका वकिलको बहस सकिएपछि उनलाई तारेख, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे अदालतले आदेश दिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार