काठमाडौँ। भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई खड्काले पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।