Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा वङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


    मंगलबार, कार्तिक १५ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो सोमबार विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने एक जना युवती घाइते भएकी छिन् । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक  गोलबजार  नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा ज्यान गएको हो। 

    घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया  पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ । 

    प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे  ठक्कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार