काठमाडौँ। भारतीय अभिनेता, चलचित्र निर्माता शाहरुख खान आगामी २ नोभेम्बरमा आफ्नो ५७औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज ‘दिलवाले दुल्हनियाँ जे जाएंगे (डीडीएलजे)’ को रि–रिलिज दिँदैछ ।
‘पठान’का निर्माता आदित्य चोपडाका अनुसार दर्शकलाई शाहरुखको जन्मदिनमा उपहारस्वरूप यी दुई काम गर्न लागिएको हो । डीडीएलजेको निर्माण कम्पनी यशराज फिल्मस् नै हो ।
शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ ।