Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भाइटीकाको दिन ९ सयभन्दा बढी सवारी चालक प्रहरीको फन्दामा 


    शुक्रबार, कार्तिक ११ २०७९
    470
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने ९ सयभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । हिजो बिहीबार भएको चेकजाँचका क्रममा ट्राफिक नियम तोडेर गाडी हाँक्नेहरु कारवाहीमा परेका हुन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही पर्नेहरुमा अनावश्यक हर्न बजाउने ६ जना, मदिरा पिएर गाडी चलाउने २६१ जना र लेन उल्लंघन गर्ने २ जना रहेका छन् ।

    त्यसैगरी, रातो बत्तीको उल्लंघन गर्ने ३ र स्पष्ट नम्बर प्लेट नभएका २० जनासहित अन्य ६८६ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले उनीहरुलाई जरिवाना तिराएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार