Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई ओलीको चुनौती : ‘लाइभ डिबेट’ मा आउन म तयार छु


    मंगलबार, कार्तिक १ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधान मन्त्री शेरबहादुर देउवालाई  ‘लाइभ डिबेट’ मा आउन चुनौती दिएका छन्। ओलीले आफू  ‘लाइभ डिबेट’ मा आउन पुरा तयार रहेको बताएका छन्।

    मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

    आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरे ।

    धेरै प्रयोगकर्ताले ओली र देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ।

    आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार