Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन-चाँदीको भाउ बढ्यो


    मंगलबार, कार्तिक १ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन अर्थात् कात्तिक महिनाको पहिलो दिन मंगलबार सुन-चाँदीको भाउ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । 

    मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । यस्तै सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    यता तेजावी सुनको मूल्य तोलाको ९२ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । ।  

    यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार