काठमाडौँ। पहिरोको कारण बेनी सडक अवरूद्ध भएको छ।
जिल्लाको जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा हिजो शनिबार साँझ पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अवरूद्ध भएको हो ।
उक्त सडक अवरूद्ध हुँदा सवारीसाधनहरुको जाम लागेको छ। अहिले सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।