काठमाडौँ। नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको महिला ट्वान्टी–२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
पोखरामा आयोजित यस क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ‘बी’ मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ भने उक्त पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले आउट गरेको छ ।
यस्तै, पुलिस क्लब लगातार तेस्रो खेलमा पनि विजय भएको छ ।
पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस क्लब पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको थियो। यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार बनाएको थियो ।
जवाफी ब्याटिङमा आएको लुम्बिनी प्रदेशले १२.५ ओभरमा १० विकेटको क्षतिमा १५ रन मात्र बनाएको थियो ।
उक्त खेलमा ४८ रन बनाएकी नेपाल पुलिस क्लबकी कविता जोशी प्लेयर अफ द म्याच घोषित भइन् ।
अब नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज ३१ गते समूह ‘ए’को उपविजेतासँग सेमिफाइनलको प्रतिस्पर्धा गर्ने छ।