Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको गोदावरीमा १३२ जनालाई डेंगु संक्रमण


    मंगलबार, असोज २५ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडैँ। ललितपुरको गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

    गोदावरी नगरपालिकाको वडा नं ३, ११, १२, र १४ मा  डेंगुको बढी सङ्क्रमण बढी देखिएको गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले बताए। 

    रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी जानकारी प्रधान गरिरहेका छन्। 

    नेपालमा ३३ हजार ९७५ मा डेंगु सङ्क्रमण र उक्त संख्यामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार