Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  अमिताभ बच्चनको आज ८० औं जन्मदिन 


    मंगलबार, असोज २५ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। आज (मंगलबार) बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन रहेकाले बच्चनले आज आफ्नो जन्मदिन मनाउँदै छन् ।  

    यो अवसरमा उनलाई भारतबाट मात्र होइन, नेपालसहित विश्वभरबाट जन्मदिनको शुभकामना मिलिरहेको छ । विश्व युद्ध चलिरहेको अवस्था र ‘भारत छोडो आन्दोलन’  चर्किरहेको समयमा उनको जन्म भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।

    उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् । 

    जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन् । 

    यस्तै, ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष त अमिताभले नै योगदान गरेका छन् । 

    बलिउडका यी शताब्दी ‘महानायक’ बच्चन आज (मंगलबार)देखि ८० वर्षको उमेरमा प्रवेश छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार