Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  हवाई उद्धार हुन नसक्दा हुम्लामा गर्भवतीको मृत्यु 


    मंगलबार, असोज २५ २०७९
    435
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवती महिला खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि अथवा हवाई उद्धार हुन नसक्दा उक्त महिलाको ज्यान गएको छ ।

    अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताइन् ।

    उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । तर मौसममा सुधार नआएपछि हेलिकोप्टर पुन: सुर्खेतमै फिर्ता भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार