Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  यू–१५ महिला साफको खेल तालिका सार्वजनिक


    सोमबार, असोज २४ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

    यस च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

    च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

    यस्तै नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार