Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगुमा पहिराेले घर पुर्दा ५ जनाकाे मृत्यु, ११ जना बेपत्ता


    सोमबार, असोज २४ २०७९
    460
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौंं । अरिवल वर्षा पछि मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिराेले पुरिँदा ५ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।

    पहिराेले घर पुरिँदा बेपत्ता भएकाको खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाणले मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार