Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मलामी गएका १३ जना सम्पर्कविहीन, पहिरोमा परेको हुनसक्ने अनुमान 


    सोमबार, असोज २४ २०७९
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कालिकोटमा आइतबार मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।

    हिजो मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म पनि सम्पर्कविहीन छन् । सम्पर्कविहीन उनीहरुलाई खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

    उनीहरू कुकुरखोल्सीबाट सम्पर्कविहीन भएको अनुमान छ।

    सो क्षेत्रमा पहिरो गएको र मलामीहरू पनि पहिरोमा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

    यस्तै, मलामी गएकाहरू पहिरोसँगै तिला नदीमा आएको बाढीमा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुमान गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार