Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘नाँच माया’ गीतको छायाँकन सम्पन्न


    आइतबार, असोज २३ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। ‘नाँच माया’ बोलको गीतको छायाँकन सम्पन्न भएको छ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आएकी गीतकार पुनम मोथेको यस गीतमा शव्द भने मोथेकै रहेको छ।

    यस्तै यस संगीतमा स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । गायक स्वयम तिलक बस्नेतले संगीत गर्नुभएको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय, पवन सुस्लिङको छायाँकन तथा सम्पादन, प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।

    लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराएका थिए । उक्त गीतको भिडियो असोज २६ गते सार्वजनिक हुँदैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार