एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा ट्र्याक्टर उपहार पाएका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि निरन्तर हमला गरेका पुटिनले यस अनौठो उपहार प्राप्त गरेका हुन् ।
बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले पुटिनलाई सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् ।
युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा रहेका उनले युक्रेनमा रुसी हमलाको समर्थन गर्दै आएका छन् ।