काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।
पूर्व कप्तान सन्दीपले शनिबार बिहान अक्टोबर ६ मा नेपाल आउने आफ्नो समाजिक सन्जालमार्फत जानकारी दिएका हुन्।
गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ भने यो संगै क्यानले कप्तानबाट सन्दीपलाई निलम्बन गरेको थियो ।