काठमाडाैं। दशैंको अवसर पारेर आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ ।
अभिनेता धिरज मगर र अभिनेत्री अदिति बुढाथोकीको यो दोस्रो चलचित्र हो । यस चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्करको मुख्य भूमिका रहेको छ।
धिरज नाड्कर भने ‘बाबरी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् ।
यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । उनले यस चलचित्रमा प्रेमकथालाई जोड दिएर निर्देशन गरेका छन्।
गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता हुन् ।
बिहीवार चलचित्रको राजधानीमा ग्राण्ड प्रिमियर शो समेत आयोजना गरिएको थियो, जहाँ चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो ।