Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैं लागेसँगै दैनिक एक लाखले काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कदै 


    बिहिबार, असोज १३ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालीहरुको महान चाड विजया दशमी (दसैं) लागेसँगै काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता  निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् ।

    घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् ।

    शुक्रबार पछि दर्सैंको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने आकलन गरिएको छ ।

    ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् ।

    यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार