Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वविख्यात स्की पर्वतारोही नेल्सन मनास्लुमा मृत भेटिइन् 


    बुधबार, असोज १२ २०७९
    455
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मनास्लु हिमालको चुचुरोमा पुगेकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही ४९ वर्षीया हिलारी नेल्सन स्की गरेर फर्किने बेलामा खोंचमा खसेर सोमबारदेखि बेपत्ता भएकी  थिइन्। बेपत्ता भएकी नेल्सनको शव आज मृत अवस्थामा भेटिएको छ । 

    नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

    उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका छन् भने हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

    नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार