काठमाडौँ। धनुषामा सिलौटाले छातीतमा प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।