Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु


    मंगलबार, असोज ११ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेर एक जनाको ज्यान गएको छ। 

    मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् । 

    खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट नेपाली खसेका थिए । 

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो । 

    ट्रयाक्टरसहित चालकलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार