काठमाडौं । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा सोमबार आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशलाई चौतर्फी (समग्र)रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
मुलुकको समग्र विकास अत्यन्त आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे ।
तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले दाबी गरे ।
उनले सबै ग्रामीण क्षेत्रमा सडक पुर्याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने समेत बताए । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए ।