काठमाडौं । यस वर्षको दशैँका लागि काठमाडौं उपत्यकामा लगभग ६० हजार खसी-बोका खपत हुने अनुमान गरिएको छ ।
आउदै गरेको दसैँका लागि निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।
यस्तै घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन् भने यस वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको छ ।
यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान समेत गरिएको छ ।