Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अतिक्रमण गरेर बनेका संरचना ३५ दिनभित्र हटाउन ललितपुरको निर्देशन 


    बुधबार, असोज ५ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो ।

    महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।

    नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले निर्देशन दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार