Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘कानको जाली फुटाउँछु’ भनेर पत्रकार धम्क्याउने निर्देशक सुदर्शन थापाले मागे माफी


    शुक्रबार, भाद्र ३१ २०७९
    650
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्रका निर्देशक सुदर्शन थापाले माफी मागेका छन् । समाचार लेखेकै भरमा पत्रकारलाई ‘कानको जाली फुटाउने’ धम्की दिएपछि उनी विवादमा तानिएका थिए। 

    चलचित्र पत्रकार सुजन श्रेष्ठले ‘सम्हालिन्छ कहिले मन : टिकट फ्रि हुँदा पनि हल सुनसान’ शीर्षकमा सामाचार खेलेपछि दिर्नेशक थापाले पत्रकार श्रेष्ठलाई फोनमा ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए। उक्त विषयलाई लिएर श्रेष्ठले थापाविरुद्ध बिहीबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन्।  उक्त विषय महानगरीय प्रहरी परिसर टेकुले गौशाला प्रहरी वृत्तमा पठाएको थियो । शुक्रबार प्रहरी वृत्त गौशालामा सुदर्शनले पत्रकार सुजन श्रेष्ठसँग आफ्नो गल्ती स्वीकार गरेर माफी मागेका हुन् ।

    ‘गौशाला प्रहरी वृत्तमा आज मेलमिलाप भएको छ । उहाँले गल्ती स्वीकार गर्नुभएको छ । अब मुद्दालाई अगाडि नबढाउने समहति भएको छ,’ सुजनले भने ।

    त्यस धम्कीको अडियोसमेत सार्वजनिक भएको थियो । बिहीबार सुजनले आफूलाई मानसिक रूपमा दबाब महसुस भएको भन्दै उजुरी दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार