Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी


    बिहिबार, भाद्र ३० २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। पाकिस्तानमा हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।

    देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना घटेको छ । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् जसकारण डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।

    यस्तै दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन् । तीमध्ये  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार