काठमाडौँ। देशका विभिन्न जिल्लाबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितमाथि आज फेरी प्रहरीले हस्तक्षेप गरेको छ।
माइतीघर मण्डलमा शान्तिपूर्ण आन्दोलनमा बसेका मिटरब्याज पीडितहरुमाथि प्रहरीले आज फेरी उनीहरुमध्ये ३० जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
कीर्तिपुरबाट हिँडेर बल्खुमा आइपुग्दा प्रहरीले उनीहरुलाई रोकेको थियो । उनीहरुमध्ये आधाजसो त्यहीँ रोकिए पनि केही माइतीघर पुगेका थिए ।
कीर्तिपुरमा अस्थायी रुपमा बसी ४२ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए ।
undefined
undefined