Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा पोखराबाट नौ जना पक्राउ


    मंगलबार, भाद्र २८ २०७९
    510
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

    पोखरा  महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

    उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार