Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 


    सोमबार, भाद्र २७ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । 

    त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार