Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याजीविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीको लाठी


    सोमबार, भाद्र २७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मिटरब्याजीविरुद्ध केहि दिनदेखि प्रदर्शनमा रहेका अर्थात् न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरु र प्रहरीबीच आज झडप भएको छ। सोमबार काठमाडौँको माइतीघर आउन लागेका प्रदर्शनकारीलाई प्रहरीले लाठी चार्ज गरेको हो। मिटरब्याजीविरुद्धको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरिरहेको छ।

    mitarbyaji-birodda_20220912122750.jpg
    undefined

    बसेको स्थान चन्द्रागिरी- १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ उक्त प्रहरीले गरेको  लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। 

    प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।

    miterbyaj-birodda-2_20220912122241.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार