काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
आजको खेल सफलतापुर्वक जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना रहेको छ ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।
दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।