काठमाडौँ। काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित हो ।
बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । बंगलादेशको यो लगातार दोस्रो जित हो ।पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो ।
जितसँगै समूह ‘ए’ को बंगलादेशले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै बंगलादेश फाइनलमा पुगेको हो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३–० गोलले पराजित भएको थियो । अर्को खेलमा आजै भारतले माल्दिभ्ससँग खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः ३० बजे सुरु हुनेछ ।