काठमाडौं। आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो एक घण्टामा उपत्यकाभित्र भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ ।