Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हलहरूले ‘ऐना झ्यालको पुतली’ लाई  शो नदिएपछि…


    बिहिबार, भाद्र २३ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई नेपालका सिनेमा हलहरूले शो नदिएपछि निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । निर्माण पक्षले बिहीबार दिउँसो पौने ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

    शुक्रबारबाटै रिलिज हुने भनिएको हिन्दी सिनेमा ‘ब्रह्मास्त्र’ सेन्सर पास रोकिएकाले नेपाली हलहरूले ‘ऐना झ्यालको पुतली’ लाई अहिलेसम्म शो दिएका छैनन् । हिन्दी सिनेमा वितरकको प्रभावका कारण नेपाली चलचित्रलाई शो उपलब्ध नगराइको भन्दै निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्न लागेको निर्देशक सुजित बिडारीले जानकारी दिए ।

    धेरै पछि मौलिक नेपाली चलचित्र बनेको भन्दै अहिले सामाजिक सञ्जाल र मिडियामा  ‘ऐना झ्यालको पुतली’ प्रशंसा भइरहेको छ । तर, सिनेमा हल मालिकहरूले अहिलेसम्म चलचित्रका लागि शो उपलब्ध गराउन चाहेका छैनन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार