Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण भियतनाममा भीषण आगलागी हुँदा ३२ जनाको मृत्यु


    बिहिबार, भाद्र २३ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन् । मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए ।

    केहि मान्छेहरु ज्यान जोगाउन  दोस्रो र तेस्रो तल्लाबाट हाम फालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

    हालसम्म १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार