काठमाडौँ । अवैध उत्खननमा प्रयोग भएका चार ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मोरङको लेटाङ नगरपालिका, ३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जसमा प्रदेश नं.२-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरका ट्रयाक्टरहरू छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ती ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।