काठमाडौँ। मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाइते भएकी छिन् ।
हिजो साँझ करिब ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।
घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।