Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


    शुक्रबार, भाद्र १७ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिका–६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जना छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार