Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोकर्णेश्वरमा एक्साभेटर र डोजर चलाउन रोक


    बिहिबार, भाद्र १६ २०७९
    1.9K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले एक्साभेटर र डोजर चलाउन रोक लगाएको छ । जमिन सम्याउने भन्दै जथाभावी डोजर चलाउने कामले पहिरो जाने गरेको गुनासो बढेपछि पालिकाभित्र सञ्चालन गर्न नदिने  निर्णय गरिएको नगर प्रमुख दिपक कुमार रिसालले बताए । 

    उनले अनुमति बिना जेसिवि, एक्साभेटर र डोजर लगायत मेसिन सञ्चालन गर्न नदिने  उल्लेख गरे । नगरपालिका क्षेत्रभित्रका कतिपय व्यक्तिहरुले जथाभावी डोजर लगायत मेसिन संचालन गरी जमिन सम्याउने, मिलाउने काम गर्नाले पहिरो जाने गरेको मेयर रिसालको भनाइ छ । 

    सोही कारण सँधियारको जग्गा, भवन र पर्खाल लगायतका संरचनामा क्षति पुगेको भन्दै व्यापक गुनासो आएको बताउँदै उनले भने, ‘जग्गा वा सार्वजनिक लगायत कुनै पनि स्थानमा जेसिवि,एक्साभेटर र डोजर लगायत मेसिन सञ्चालन गरी जमिन सम्याउने मिलाउने लगायतको काम गर्नुपर्ने भएमा अनिवार्य रुपमा यस नगरपालिकाका नगर प्रमुख वा सम्बन्धित वडाको वडाध्यक्षको अनिवार्य रुपमा अनुमति लिनुपर्ने छ ।‘ 

    मेयर रिसालले अनुमतिबिना कोही कसैले कुनै पनि स्थानमा डोजर लगायत मेसिन सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार