काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव अघि सारेका छन् । आज महानगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।
सो बैठकमा उनले सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई पनि दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेश गरेका छन् । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।
मेयर साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेश गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन समेत दिएका छन् ।