Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ दशमलव ९३ अंकले घट्यो नेप्से परिसूचक 


    शुक्रबार, भाद्र १० २०७९
    505
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। अघिल्लो दिन १८ अंकले घटेको नेप्से आज पुन १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा खुम्चिएको छ । 

    यसैगरी, आज दुई सय १३ वटा कम्पनीहरुको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर किनबेच भएका छन् ।  सोही किनबेचका आधारमा आज कुल कारोबार रकम १ अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैंयाँ कायम भएको छ । 

    नेप्सेमा आज १३ वटा समुहको कारोबार रहदा जीवन बीमा सुचक बढेर बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, टे«डिङ, होटल तथा पर्यटन, सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

    यसैगरी आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, अपरहेवा खोला हाईड्रो पावर कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड आदिले कमाएका छन् भने वीन लघुवित्त वित्तीय संस्था, लिर्वर्टी इर्नर्जी कम्पनी, एनआईसी एशिया सुलभ फण्ड आदिले गुमाएका छन् । हिमाल दोलखा हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिले भने आज बढी कारोबार गरेका छन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार