Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  दसैँका लागि तीन हजार खसी बोका काठमाडौँ ल्याइने 


    शुक्रबार, भाद्र १० २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले आगामी दसैंका लागि तीन हजार खसी बोका ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि तीन हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

    कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिइन् । 

    उनका अनुसार घटस्थापनाकादेखि कम्पनीले बिक्रिवितरण सुरु गर्ने छ । गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यस वर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार